add

आज २०८० कार्तिक ३० गते बिहीवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

३० कार्तिक, २०८०

|
3211

आजको पञ्चाङ्ग

काठमाडौं । २०८० कार्तिक ३० गते, बिहीवार, १६ नाेभेम्बर २०२३। कार्तिक शुक्लपक्ष तृतीया तिथि, १३ः०४ बजेपछि चतुर्थी। मूल नक्षत्र। चन्द्रराशि धनु।

आजको  राशिफल

मेष : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर भएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ।

वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ।

मिथुन : आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ। धोका हुने सम्भावना छ।

कर्कट : दिन राम्रो छ। अधुरा काम पूरा हुनेछन्। सम्पत्ति कसैले लगेको भए फिर्ता हुनेछ। उत्तरतिरको यात्रा नगरेको राम्रो हुन्छ।

सिंह : शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रको भेगघाटले खुसी मिल्नेछ।

कन्या : दिन सामान्य छ। मानसम्मान मिल्नेछ। प्रेम बढ्नेछ। आफन्तले भन्दा अरुले सहयोग गर्नेछन्।

तुला : मनमा खुसी मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक : स्वास्थ्यमा समस्या हुनेछ। पराक्रम बढ्नेछ। प्रेम बढ्नेछ। प्रतिस्पर्धीसँग सचेत हुनुपर्नेछ।

धनु : झुठा आरोप लाग्नसक्छ। आफ्नो दैनिकीमा अब्बल ठहरिनुहुनेछ।

मकर : चामत्कारिक दिन छ। सानो कुरामा हात नलगाउनुहोला। पठनपाठनमा आलश्यता बड्नेछ।

कुम्भ : साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने छ। शिक्षाको क्षेत्रमा सोचेका काम बन्नेछन्।

मीन : दाम्पत्य जीवन सुखमय बन्नेछ। सकारात्मक उर्जा बढ्नेछ। खर्च बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.