नयाँ दिल्ली । जग्गा विवादपछि भएको झडपका कारण भारतको उत्तर प्रदेश राज्यमा पर्ने देवरिया जिल्लामा सोमबार बिहान एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।
रुद्रपुर कोतवाली क्षेत्रमा पूर्व जिल्ला पञ्चायत सदस्यसहित ६ जनाको हत्या भएको छ । मारिनेमा एकै परिवारका ५ जना छन् । स्थानीय प्रहारीले जग्गा विवादका कारण घटना भएको बताएको छ । स्थिति नियन्त्रणमा लिन आसपासका युनिटबाट ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
रुद्रपुर कोतवाली क्षेत्रको फतेहपुर ग्राम पञ्चायतको लेधान टोलका सत्यप्रकाश दुबेको परिवार र सो पञ्चायतका अभयपुरा टोलका पूर्व जिल्ला पञ्चायत सदस्य प्रेमचन्द यादवको परिवारसँग जग्गा विवादलाई लिएर झगडा भएको थियो । सोही विषयलाई लिएर सोमबार बिहान प्रेमचन्द यादवसहित दर्जनौँ व्यक्तिले सत्यप्रकाश दुबेको घरमा लाठी र बन्दुकसहित आक्रमण गरेका थिए ।
उक्त घटनामा आक्रमणकारीले ५४ वर्षीय सत्यप्रकाश दुबे, उनकी श्रीमती ५२ वर्षीया किरण दुबे, छोरी १८ वर्षीया सलोनी, छोरी १० वर्षीया नन्दिनी र छोरा १५ वर्षीय गान्धीको हत्या गरेका हुन । सत्यप्रकाशका अर्का छोरा ८ वर्षीय अनमोल भने घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ ।
घटनामा ५० वर्षीय प्रेमचन्द यादवको पनि मृत्यु भएको छ । बिहानै भएको ठूलो घटनाका कारण वरपरका गाउँमा समेत सनसनी फैलिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।