पूर्वराजाले भने-‘क्रिकेट खेलाडीहरुको विश्वकीर्तिमानले अत्यन्तै खुशी तुल्यायो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एशियाली खेलकूदका अवसरमा चीनको हाङ्जाउमा टी-२० क्रिकेटका क्रममा नेपालले गरेको कीर्तिमानी प्रदर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले टिमलाई बधाई दिएका छन्।

पूर्व राजाको संवाद सचिवालयले शनिबार दिउँसो सूचना जारी गर्दै १९ औं एशियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी–२० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र खेलाडीहरुले राखेको विश्वकीर्तिमानले शाहलाई अत्यन्तै खुशी तुल्याएको जनाएको छ ।

‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरुको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरुले अनेकौं प्रतिकूलताका बाबजुद जुन सफलता हासिल गरेका छन् । यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौ’ उनले भनेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।