add

उद्योग वाणिज्य संघ काठमाडौंमा सबै पद निर्विरोध, अध्यक्ष दिनेश श्रेष्ठ, महासचिवमा दुर्गाराज






ActPro Nepal

|

२ असोज, २०८०

|
698

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्षसहित सबै पद निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यससँगै संघमा श्रेष्ठको कार्यकाल दोहोरिएको छ ।

संघको महासचिवमा दुर्गाराज श्रेष्ठ निर्विरोध निर्वाचित भए । सोमबार भएको मनोनयनमा उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन र जय सिवाकोटी निर्विरोध चयन भएका छन् । संघको सचिवमा शुष्मा महरा निर्विरोध भइन् भने कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्विरोध निर्वाचित भए ।

संघको कार्यसमिति सदस्यहरुमा सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, प्रेमहरि मैनाली, कुष्ण प्रधान, राजेन्द्र संग्रौला, दिपक भण्डारी, शिशिर गौतम, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.