add

प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल






ActPro Nepal

|

२ असोज, २०८०

|
173

मकवानपुर । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताए ।

संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा-६ स्थित चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने जनाए ।

उनले स्थानीय तहको संरचना पुरानो भएपनि प्रादेशिक संरचना नयाँ भएको यही संघीयताको खम्बा रहेको बताए । मुख्यमन्त्री जम्कट्टेलले संविधान सभाबाट बनेको संविधान जनताकै रक्षाका लागि भएको भन्दै संविधानको मर्मअनुसार प्रदेश सरकार काम गरिरहेको जानकारी दिए ।

संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा धेरैजसो कानुन निर्माण भए पनि संघ र प्रदेश, प्रदेश र स्थानीय तह, संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचिमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । उनले संघीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्तरुप लिन नसकिरहेको धारणा राखे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्तावेजका रुपमा रहेको संविधान कार्यान्वयनका लागि तीन वटै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए ।

नेपाललाई संघीय संरचनामा लैजाने संघीयताको मुटुका रुपमा रहेका प्रदेशहरु संविधानले दिएका अधिकार बमोजिम कानुन निर्माण गरी कार्यान्वयनसमेत गरिरहेको उनको भनाइ छ । बाग्मती प्रदेश सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउँदै छ ।

असोज ३ गते संविधान दिवसलाई भव्यरुपमा मनाउन सोमबारदेखिनै विभिन्न कार्यक्रम भइरहेका छन । जिल्ला वन कार्यालय मकवानपुरद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला वन कार्यालय मकवानपुरका प्रमख शिव सापकोटा, हेटौँडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, प्रदेश सभा सदस्य एकलाल श्रेष्ठलगायतले संविधान दिवसका बारेमा चर्चा गर्दै वृक्षरोपण गरेर गाँउ र शहर हराभरा बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

संविधान दिवसका अवसरमा आज बिहानै हेटौँडामा  पाँच किमी दौड प्रतियोगिता सम्पन्न भएको छ । खेलको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेकोमा जोड दिए । सो अवसरमा प्रतियोगितामा सहभागी खेलाडीलाई उनले शुभकामना दिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.