add

अनलाइन मार्फत ठगी धन्दा बढ्यो, यी कुरामा ध्यान दिनूस्






ActPro Nepal

|

२ असोज, २०८०

|
39

काठमाडौं । नेपालको बैकिङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको बताइएको छ।

प्रविधिको पहुँच बढ्दै गएको भए पनि बैकिङ कारोबार अनि गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या व्यापक बढेको विज्ञहरुहरू बताउँछन्।

यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ। आर्थिक वर्ष २०७९/०८० को ९ महिनामै अनलाइन ठगीका ५५ वटा मुद्दा अदालतमा पुगेका छन्। तीमध्ये १४ वटा सामाजिक सञ्‍जालबाट भएका ठगीका मुद्दा हुन्।

यस्तै ९ वटा मुद्दा अनलाइन बैंकिङ फ्रड, ५ वटा अनलाइन पेमेन्ट ठगी र एउटा अनलाइन सपिङको नाममा भएको ठगीका मुद्दा हुन्। ती मुद्दामा ३६ करोड ७९ लाख ४ हजार रुपैयाँ बिगो कायम छ।

अनलाइन ठगीमा संलग्‍न भएको आरोपमा यो अवधिमा ७१५ जना पक्राउ परेका छन्।

कसरी जोगिने ?

ठगीका यस्ता घटनाहरूबाट जोगिनका लागि गर्नै नहुने कार्य भनेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई नभन्ने हो।

प्रविधिमा अभ्यस्त व्यक्तिले ओटीपी प्राप्त गरे आफू अनुकूल प्रयोग गर्न सक्छन्।

सचेतनाको अभावमा यस्ता कार्यहरू हुने भए पनि प्रणालीको कमजोरी भन्दा पनि प्रणालीको दुरुपयोग खातावाला व्यक्तिलाई नै प्रयोग गरी अन्तिम रूप दिइने हुँदा वित्तीय संस्थाहरूले त्यसको दायित्व लिँदैनन्।

ओटीपीबाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने विज्ञहरु बताँउछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.