add

तीज गीत ‘घन्काइदेउ मादलु’ बजारमा (भिडियोसहित)






ActPro Nepal

|

३१ साउन, २०८०

|
192

 काठमाडौं ।  हिन्दु महिलाको महान पर्व हरितालिका तीज आउन एक महिना बाँकी छ तर तीजका गीतहरू बजारमा आउने क्रम जारी छ।

तीज भन्नासाथ महिलाको विशेष पर्वका रुपमा लिइन्छ। तीजमा वर्षभरिका दुःख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने गरिन्छ।

धेरै समय छुट्टिएका साथीसंगीसँगको भेटघाटलाई विशेष बनाएर रमाउने, नाच्ने र गाउने गरिन्छ। तीजमा धेरै गीतहरू बजारमा आउने गर्छन्। यही क्रममा गायक तथा सर्जक श्रीकृष्ण क्षेत्रीको शब्द संगीतमा शान्तीश्री परियारको स्वरमा ‘घन्काइदेउ मादलु’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा तीजको बेला साथीसंगी भेटेर नाच्दै गाउँदै रमाइलो गरेको विषय मुख्य बनाइएको छ। गीतमा अन्जना केसी, निलास शर्मा, आरुसी मगर, टीका जैशी, बबिता श्रेष्ठ र जुनु एसडीको अभिनय तथा नृत्य देख्न सकिन्छ।

सर्जक क्षेत्रीलाई राम्रो गायकका रुपमा पनि चिनिन्छ। उनले बजारमा ल्याएका सबै गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाएका छन्। यो वर्षमात्रै अहिलेसम्म उनले तीज गीत २ वटा बजारमा ल्याएका छन्। यसभन्दा अगाडि गायिका उमा श्रेष्ठको स्वरमा ‘पापाकी परी’ बजारमा ल्याएका थिए।​​ ​



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.