add

नेपालको अर्थव्यवस्थामा सुनचाँदीको अवस्था






ActPro Nepal

|

६ साउन, २०८०

|
539

नेपालमा परम्परागत रुपमा नै सुनचाँदीका गरगहनाहरुको प्रयोग हुँदै आएको छ । विभिन्न भौगोलिक अवस्था अनुसारका बिभिन्न मौलिक डिजाइनका गरगहनाहरु बिभिन्न अवसरहरुमा प्रयोग गरिन्छन् । यस ब्यवसाय बिगतमा एउटा परिवारमा रहेका सदस्यहरुले गर्दथे भने हाल बिभिन्न जात तथा थरका ब्यक्तिहरुले पनि गर्न थालेका छन् । सानो लगानी र सानै स्तरमा मात्र भई गरी आइएको यस ब्यवसाय हाल आएर ठुलो परिमाणको लगानी, ठूलो संख्यामा रोजगारी दिने क्षेत्रको रुपमा बिकसित भएर आएको छ । सानो ज्यासलबाट गरिने ब्यवसाय करोडौं लगानी भएको शोरुमहरुमा रुपान्तरण भएका छन् । अरबौं रुपैयाको सुनचाँदी बार्षिक रुपमा नेपालमा आयात भई रहेको छ । यसमा ५ लाख भन्दा बढी जनसंख्याले प्रत्यक्ष रोजगारी पाई राखेका छन् । देशले यस ब्यवसायबाट बार्षिक अरबौं रुपैया प्रत्यक्ष तथा अप्रत्यक्ष राजस्वका रुपमा प्राप्त गरिरहेको छ ।

देशमा रोजगारीको नयाँ सिर्जना गर्न सकिराखेको छैन । देशमा रोजगारीको अवसर नपाए पछि बेदेशिक रोजगारीमा हाल दैनिक १५०० देखि १७०० जना सम्म जाने नेपालीहरुले पठाइ राखेको रेमिटान्सको पैसा नेपालमा भित्रिदैं आएको छ । नेपालको कूल गार्हस्थ आम्दानीको प्रमुख श्रोतको रुपमा बिदेशबाट आउने रेमिटान्सको पैसा रहेको छ । देशमा औद्योगिक उत्पादन कम छ । कृषिमा आधारित अर्थतन्त्र भएको नेपाल जस्तो देशमा कृषिजन्य उत्पादन बिदेशबाट आयात गरेर खानुपर्ने अवस्था भएको छ । अरबौ रुपैयाका मासु, खाद्य सामाग्री बिदेशबाट आयात भई रहेका छन् । देशमा रहेका खेतहरु काम गर्ने जनशक्तिको अभावमा बाँझै रहने र महँगो बिदेशी मुद्रा खर्च गरी आयातित खाद्य सामाग्रीहरु लगायत अन्य उपभोग्य सामानहरुको उपयोग बढ्दै जाँदा मुलुक सँधै नै ब्यापार घाटाको चपेटामा परिरहेको छ । ब्यापार घाटा अहिले यति बढेको छ की कूल आयातको लगभग १४ प्रतिशत मात्र निर्यात भई रहेको छ । त्यस मध्ये पनि भारतसँगको ब्यापार कूल आयातको ७० प्रतिशत रहेको छ । यसै कारण नेपालमा बेलाबेलामा भारतीय रुपैयाको अभाव भइ रहेको अवस्था छ र अरबौं रुपैयाका डलर बेचेर भारतीय रुपैया नेपाल राष्ट्र बैंकले खरीद गर्न परिराखेको अवस्था छ । यस्तो चिन्ताजनक अवस्थामा देशको अर्थब्यवस्था रहेको छ । यसलाई समाधान गर्नकालागी बिभिन्न स्तरमा पहलहरु भई रहेका छन् । कृषि, पर्यटन, जलबिद्युत, उद्योग जस्ता क्षेत्रहरुलाई बिकसित गर्दैजाने नीति सरकारले लिदै गईरहेको छ । यसै सिलसिलामा नेपालबाट निर्यात गर्न सकिने तर हालसम्म ध्यान नपुगेको क्षेत्र भनेको सुनचाँदीको क्षेत्र हो । सानो सामानको पनि धेरै मूल्य पर्ने९ीयध खयगिmभ जष्नज खबगिभ०र नेपाली सीप र कलाको नमुना हुँदै देशको परिचय दिन सक्ने क्षेत्र भनेको सुनचाँदीका गरगहनाहरु हुन् ।

नेपाल सुनचाँदीका बिभिन्न कलाकारिताले भरिपूर्ण बिभिन्न गरगहनाको श्रोत देश हो तर बिदम्बना नै भन्नु पर्छ, यहाँ भएका गरगहनाहरुले उचित स्थान पाउन सकेको छैन । धर्म, सँस्कृति र परम्परा सँगसँगै देशका बिभिन्न क्षेत्रहरु तराई, हिमाल, पहाड र उपत्यकाको सदियौं पुरानो सभ्यता, यहाँ प्रयोग हुने बिभिन्न गरगहनाको नितान्त नौलो संग्रह, ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको चिनारी दिने गरगहनाहरुलाई उपयुक्त तरिकाबाट बिदेशमा निर्यात गर्न सक्ने हो भने यसबाट नेपालले प्रत्यक्ष रुपमा लाभ लिन सक्दछ । संसारको बिश्वब्यापीकरण, नेपालीहरुको बिदेश बसाईँ, नौलौ, मौलिक र परम्परागत कलाकारिताको विश्वभर बढेको माग आदिले नेपाली गरगहनालाई बिश्वसामु नेपालको परिचयका रुपमा प्रस्तुत गर्न सकिन्छ । यसबाट नेपालीहरुले हाल सबै भन्दा कहालीलाग्दो गरी बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई केही हदसम्म कम गरी नेपालमा नै रोजगारीको अवसर सिर्जना गर्न सक्दछ ।

नेपाली गरगहना उद्योगको क्षमता क्रमशः बढ्ने क्रममा रहेको छ । सानो लगानीको ज्यासलबाट बिकास भई ठूलो लगानीहरु सहितका शोरुमहरुको बाहुल्यताले यस क्षेत्रमा भएको बिकासको भेउ पाउन सकिन्छ । नयाँ नयाँ प्रबिधिहरु सहित नयाँ नयाँ डिजाइनहरुको सिर्जना गर्ने देखि बजारीकरण र बिक्री बितरण समेत भई आएको अवस्था छ ।

नितान्त नीजि क्षेत्रबाट भईआएको यस क्षेत्रको बिकासमा नेपाल सरकारले पनि सघाएको र यससँग सम्बन्धित संभावनाहरुलाई पछ्याएको खण्डमा यस क्षेत्रले बैदेशिक ब्यापार घाटा कम गर्न, रोजगारीको सिर्जना गर्न, राजस्वको प्रमुख श्रोतको रुपमा आम्दानी गर्नसक्ने संभावना रहेको छ । नेपालको निर्यातयोग्य सामानहरुको लिष्ट सन् २०१० मा ल्त्क्ष्क् का रुपमा छानिएकोमा चाँदीका गरगहनाहरुलाई निकासीयोग्य सामानको रुपमा लिई त्यसको बिकास गर्ने बिभिन्न कार्य नीतिहरुको तर्जुमा भएका छन् । तर बिदम्बना, चाँदी भन्दा तुलनात्मक रुपमा कम सामानको निर्यात गरी धेरै बढी बिदेशी मुद्राको आर्जन गर्न सकिने सुनका गरगहनाहरुलाई त्यसमा समावेश गरिएन । नेपाल भरी छरिएर रहेका बिभिन्न मूल्यवान पत्थरहरुको खानीहरुको अन्वेशन गर्ने, प्रयोग गर्ने, निकासी गर्ने सम्भावना भएको क्षेत्रलाई पनि समेटिएन । समय आएको छ, चाँदीका साथसाथमा सुन, बिभिन्न मूल्यवान पत्थरहरुलाई संयोजन गरि बनाइएका बिभिन्न गरगहनाहरुलाई नेपालको बजारको साथसाथमा बिभिन्न संभावित बिदेशी बजारहरुमा पनि बिक्री गर्ने ब्यवस्था र अवसरको सिर्जना गरिनु पर्दछ ।

हाल नेपालबाट बिभिन्न देशहरुमा बसीरहेका नेपालीहरुका परिवारका बिभिन्न पारिवारिक अवसरहरुकालागी आवश्यक बिभिन्न गरगहनाहरु ब्यक्तिगत रुपमा नै बिभिन्न देशहरुमा गई रहेको अवस्था छ । सस्तो ज्याला, तुलनात्मक रुपमा राम्रा डिजाइनहरुको उपलब्धता, मौलिक नेपाली डिजाइनहरु, उत्कृष्ट कालिगढी आदी कारणले बिदेशमा रहेका नेपालीहरुले नेपालबाट नै बिभिन्न गरगहनाहरु बनाउन लगाई मगाउने गर्दै आइरहेका छन् । आधिकारिक रुपमा तथ्यांक नभएता पनि हाल नेपालको बजारमा बनिने कुल गरगहनाको लगभग २० देखी ३० प्रतिशत गरगहना बिदेशमा रहेका नेपालीहरुले प्रयोग गर्नका लागी बिदेश गई रहेको अवस्था छ । तर आधिकारिक रुपमा नभई ब्यक्तिगत रुपमा गईरहेकोले यसको तथ्यांक रहने कुरा भएन । नेपालका केही ब्यवसायीहरुले बिदेशमा पनि आफ्नो शोरुमका शाखाहरुको बिस्तार गर्नुका पछाडि यही माग र आपुर्ति कारक रहेको छ ।

निर्यात बढाउन गरिनु पर्ने केही कार्यहरुः

नेपालको लागी हाल दैनिक १५ किलो सुनको आपुर्तिको ब्यवस्था रहेको छ । बैधानिक रुपमा बिदेशमा रहेका नेपालीहरु देशमा भित्रिँदा ५० ग्राम सुन लिएर आउन पाउने ब्यवस्था रहेको छ । आन्तरिक बजारको लागी कच्चा पदार्थका रुपमा चाहिने सुनको आपुर्ति यसरी भई रहेता पनि यस क्षेत्रको बृहत्तर बिकासकालागी सुनको आयातमा आयात खुला गरि दिएको खण्डमा ठूलो रुपमा उद्योगको बिकास हुन सक्ने संभावना हुन्छ । नयाँ नयाँ प्रबिधिको आयात भई रहेको हालको परिप्रेक्षमा प्रबिधिको आयातमा लाग्दै आईराखेको भन्सार, अन्तशुल्क जस्ता करहरुमा सहुलियत दिइनु पर्दछ । निर्यातबाट प्राप्त आयमा केही बर्षसम्म छुट दिइनु पर्दछ ।

सुनचाँदीको क्षेत्रमा हालसम्म कुनै कानूनी सुधारहरु भएका छैनन् । २०१३ सालमा बनेको मुलुकी ऐनको भरमा हालसम्म यो ब्यवसायसँग सम्बन्धित ऐन कानूनहरुमा कुनै संशोधन वा सुधार भएको छैन । नेपालको बर्तमान समयलाई मध्येनजर गरी समसामयिक ऐन नियमहरुको तर्जुमा गरीदिनु पर्दछ । जबसम्म ब्यवसायलाई डोर्याउने नीति नियमहरुको निर्माण र परिपालना हुदैन तबसम्म उक्त क्षेत्रको बिकास हुँदैन र संभावित फाइदा पनि लिन सकिंदैन ।

कतिपय निर्यात गर्दै आईरहेका निर्यातकर्ताहरुको गुनासोमा नेपालबाट निर्यात गर्ने प्रकृया धेरै झन्झटिलो र बिभिन्न ब्यवहारिक समस्याहरु रहेका छन् । ती समस्याहरुको चाँडो भन्दा चाँडो समाधान गरिनु पर्दछ ।यसको लागी बिशेष निर्यातको प्रयोजनकालागी एकद्धार प्रणालीको बिकास गरिनु पर्दछ । जस अनुसार भन्सारको काम, बीमाको काम, लजिस्टिकका सेवाहरु, सुरक्षाका कुराहरु समावेश गरिनु पर्दछ ।

सुनचाँदीका गरगहनाहरुको निर्यातमा आवश्यक गुणस्तरसँग सम्बन्धित देशका बिभिन्न स्थानहरुमा ९ जबििmबचपष्लन ०हलमार्किंग गर्ने ९ बककबथष्लन यााष्अभ ०असेयिंग कार्यालयहरुको स्थापना गरिनु पर्दछ । नेपालमा बनेको गहनाको परिचय दिने खालको नेपाली अन्तर्राष्ट्रिय ब्राण्डको निर्माण, प्रचार प्रसार गरिनु पर्दछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुनकालागी नेपाली ब्यवसायीहरुको कार्यक्षमतामाबृद्धि गर्नकालागी बिभिन्न दक्षता अभिबृद्धिसम्बन्धि सुविधाहरु दिन सकिन्छ । निर्यात भएका गरगहनाहरुको मूल्यको निश्चित केही प्रतिशत रकम प्रोत्साहन स्वरुप दिन सकिन्छ । गरगहना बनाउन प्रयोग हुने कच्चा पदार्थहरु सुनचाँदीको आयातमा लागेको भन्सार शुल्क वापतको रकम फिर्ता दिने पनि ब्यवस्था गर्न सकिन्छ । कारखानाकोलागी आवश्यक बिभिन्न मेशिनहरुको आयातमा लाग्ने बिभिन्न करहरुलाई माफी दिन सकिन्छ ।

नेपालमा अहिले बार्षिक लगभग ४५ अरबको सुनचाँदी आयात भई रहेको अवस्था छ । हालको भन्सार दर अनुसार ०७०र०७१मा नेपाल सरकारले भन्सार शुल्कबाट मात्र लगभग ६ अरब रुपैया प्रत्यक्ष राजस्व संकलन गरेको थियो भने आयकर, त्म्क् , सामाजिक सुरक्षा कर लगायतबाट पनि करोडौं रुपैया थप राजस्वको संकलन गरेको छ । छिमेकी देशहरु भारत र चीनले सुनचाँदीका गरगहनाहरुको निर्यातबाट देशको लगभग ३० प्रतिशत राजश्वको श्रोत बनाई बिकास गरिसकेको परिप्रेक्षमा नेपालले पनि यस क्षेत्रबाट वान्छित लाभ लिनकालागी पहल गर्नु पर्दछ । देशको अर्थतन्त्रलाई टेवा, देशको बिकास, रोजगारीको सिर्जना, कला सँस्कृतिको जगेर्ना भई पर्यटन क्षेत्रमा पनि थप आकर्षण बढ्ने जस्ता थुप्रै अवसरहरुको सिर्जना यस क्षेत्रले गर्न सक्दछ ।

- माणिक रत्न शाक्य,अध्यक्ष नेपाल सुनचाँदी व्यवसायी महासंघ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.