योगदिवसको उपलक्ष्यमा शुभकामना
(अनुष्टुप्)
यो-ग नै असली सत्ता पत्ता लगाउने कडी
ग-रिष्ठ रोगको लागि योग नै ओखती जडी ।।१
दि-नानुदिन अभ्यास गरेमा रोग टर्दछन्
व-रिष्ठ सन्त अभ्यासी त्यसैले योग गर्दछन् ।।२
स-दा अभ्यास गर्ने यो राखौँ बानी सबै जना
को-ही सार छँदै छैन धर्तीमा योगको विना ।।३
उ-मेरैमा गरे मात्रै दिव्य उर्जा दिलाउने
प-छि गर्छु भनी बस्दा वार्धक्यले सताउने ।।४
लक्ष्य हो सबको आत्मा पहिचान कसै गरी
मा-द उन्माद त्यागेर गरौँ योग सधैँभरि ।।५
शु-भ कर्मसँगै हामी प्रेमले साधना गरौँ
भ-ण्डार दु:खका सारा नासिन्छन् के बढी भनूँ ।।६
का-या क्षय हुँदै जान्छ अभ्यास नमिलाउँदा
म-रेतुल्य बनाएर उल्टै रोग बढाउँदा ।।७
ना-ता विश्वविधातामा जुडाऔँ साधना गरी
छ-र्दै सुवासना नित्य गरौँ योग सधैँभरि।।
स्रष्टा- दिनेश पाण्डे
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।