add

ए डिभिजन लिग : आज दुई खेल






ActPro Nepal

|

१७ जेठ, २०८०

|
199

काठमाडौ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेल हुँदैछ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ बजे युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२२ खेलमा २९ अंक जोडेर छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र दशौँ जितको प्रयासमा हुनेछ । 

च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा रहेको थ्री स्टार सातौँ जित हात पार्न चाहन्छ। 

२२ खेलमा २६ अंक जोडेर १२ औँ स्थानमा रहेको संकटा पनि सातौँ जितको खोजीमा हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.