add

नाका तातोपानी पूर्णरुपमा खुल्यो, भएन चहलपहल






ActPro Nepal

|

१२ जेठ, २०८०

|
285

काठमाडौं । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पूर्णरुपमा सञ्चालनमा आएको छ तर व्यापारिक चहलपहल भने हुन सकेको छैन । नाका पूर्ण रुपमा खुलेता पनि सडक गतिलो नहुँदा चहलपहल कम भएको हो । 

२०७२ सालको भूकम्पपछि केही समय बन्द भइ पछि औशिक रुपमा मात्र सञ्चालनमा रहेको नाका तातोपानी  वैशाखदेखि पूर्णरुपमा खुलेको हो । नाकासँग जोडिएको मूलबाटोको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारिक नाका हो, तातोपानी नाका । तर, सडक मार्गको समस्याले सधैँ सास्ती हुने गरेको छ । व्यवसायीहरु झन्झट झेल्न बाध्य छन् । तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ ।

 सडक अबरुद्ध हुँदा मालसामान बोकेका कन्टेनरहरु लामो समयसम्म अलपत्र पर्ने गरेका छन् । सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको व्यवसायीहरु गुनासो गर्छन् । सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ । चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरु सडक मर्मत नहुँदा समान ढुवानी गर्न समस्या भएको व्यवसायी दामोदर सत्यालको दुखेसो छ । 

बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण छ । सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न थालेकाले समस्या भइरहेको सवारी चालक तथा व्यवसायीहरु बताउँछन् । स्थानीय पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरुलाई सडक स्तरोन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको व्यवसायी विजय शेर्पाको गुनासो गर्नुभयो । उहाँले सरकारले तातोपानी नाका जोड्ने सडक समयमा नै स्तरोन्नति गरे स्थानीयदेखि व्यवसायीहरुलाई समेत सहज हुने बताउनु भयो । तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताउनुभयो ।  सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइड दिने ठाउँ समेत नहुने अवस्था रहेको उहाँको भनाई छ । 

तोतापानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ । तातोपानी नाका सहज रुपमा सञ्चालनमा आएपनि सडक मार्गको अवस्था नाजुक र जीर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ । कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ । तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाइ सडकको समस्या समाधान गर्न जरुरी छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.