add

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना






ActPro Nepal

|

१२ जेठ, २०८०

|
196

काठमाडौं । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। मधेश , गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव कायम छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.