add

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी






ActPro Nepal

|

८ जेठ, २०८०

|
308

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.१०अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७२ कम्पनीको १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँ बराबरको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् ।

आइतवारको तुलनामा कारोबार रकममा पनि घटेको छ । त्यसदिन १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । कारोबारमा १३ उपसूचकमध्ये २ वटा घटेको छ भने अन्य बढेर हरियाली छाएको छ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसैगरी, युनिलिभर नेपाल ७.०१, गुडविल फाइनान्स ६.२३, सामुदायिक लघुवित्त ५.३६, मायाखेला हाइड्रोपावर र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ३४ लाख सोल्टी होटलको ६ करोड १७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.