add

झिनो अंकले घट्यो नेप्से, साढे ७२ करोडको कारोबार






ActPro Nepal

|

१ जेठ, २०८०

|
200

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाले केही खुकुलो नीति ल्याएपनि शेयर बजार भने ओरालो नै लागेको छ ।

साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा झरेको हो ।

यसदिन ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँको २३ लाख ४१ हजार २४० कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये ९ वटाको ओरालो लागेको छ भने ४ वटा बढेकोे छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको छ । आइतवार ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको थियो । निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६२ प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सलिको इन्स्योरेन्स झन्डै ३ करोड र नागरिक लगानी कोष साढे २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज सलिको इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ६.४५ प्रतिशत गुमाएका छन् । त्यस्तै, बाराही हाइड्रोपावर र इक्वीटी फण्डको शेयरमूल्य ५ प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.