add

एभरेस्ट बैंकले गर्‍यो 'लघुवित्त तथा विपन्न वर्ग कर्जा' सुरक्षण सम्झौता






ActPro Nepal

|

१ जेठ, २०८०

|
506

काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले मंगलबार हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा कोषका विभागीय प्रमुखहरू, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, कर्जा विभाग प्रमुख अन्जु शर्मा र बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीको उपस्थिति थियो।  

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै एभरेस्ट बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति १० लाख रूपैयाँसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति २० लाख रूपैयाँसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाख रूपैयाँसम्म, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति ३ लाख रूपैयाँसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति १० लाखसम्म, सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिको लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार १० लाख रूपैयाँसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्म रूपैयाँको कर्जा कोषले सुरक्षण गर्नेछ।

पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेस्ट बैंकका हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक। देशैभरि यसका १२४ वटा शाखा, तीन वटा एक्सटेन्सन काउन्टर, ७ वटा प्रादेशिक कार्यालय र १६० वटा एटिएम छन्। यसले मोबाइल, इन्टरनेट र एसएमस बैंकिङ सुविधा पनि प्रदान गर्दै आइरहेको छ। त्यस्तै नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.