add

बुधबारदेखि आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार






ActPro Nepal

|

२२ वैशाख, २०८०

|
352

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारको मिति तोकेका छन् । दुई कम्पनीले मर्जर प्रक्रिया टुंग्याएपछि आगामी बुधबारदेखि एकीकृत कारोबार गर्ने भएका हुन ।

दुवै कम्पनीले एकीकृत कारोबारका लागि नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेका छन् । गत माघमा एक आपसमा गाभिने प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले चैतमा मर्जर सम्बन्धी अन्तिम सम्झौता गरेका थिए ।

यी दुई कम्पनी बराबरी हैसियत अर्थात् १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि नयाँ बन्ने नयाँ कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुने जनाइएको छ ।

हाल आइएमई जनरलको चुक्ता पूँजी १ अर्ब ८० करोड भने प्रुडेन्सियलको गत वर्षको नाफाबाट घोषणा गरेको ६.५ प्रतिशत बोनस सेयर वितरणपछि १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । अब नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ३ अर्ब ५ करोड हुनेछ ।

बीमा प्राधिकरणले गत वर्ष कम्पनीको साढे दुई गुणाले चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो । चुक्ता पूँजी बढाउने निर्णयसँगै मर्जर तथा प्राप्तिको प्रक्रियामा गएर एकदर्जन बढी बीमा कम्पनीको अस्तित्व समाप्त हुने भएको छ ।

साढे दुई गुणाले पूँजी वृद्धि गरेको प्राधिकरणले मर्जरपछि पनि अझै धेरै कम्पनीको तोकिएको पूँजी नपुग्ने देखिएको छ । प्राधिकरणले पछिल्लो पटक असार मसान्तसम्म चुक्ता पुँजी कायम गर्न कम्पनीहरुलाई समय थप गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.