add

गत वर्ष ७२ हजार टन कपास उत्पादन






ActPro Nepal

|

१९ वैशाख, २०८०

|
262

एजेन्सी । अफगान किसानहरूले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् ।

कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट ७२ हजार ४९३ टन कपास दत्पादन गरेको जनाएको छ । बल्ख, तखार, कुन्दुज, बाघलान, पूर्वी नान्गाहार, पश्चिमी हेरात र निमरोज प्रान्तले गत वर्ष कपास उत्पादनमा उल्लेखनीय योगदान पुर्याुएको विज्ञप्तिमा उल्लेख छ।

सन् २०२२ अप्रिलमा अफिम लगायतका खेतीमा प्रतिबन्ध लगाइएपछि अफगान किसानहरूले त्यसको सट्टा कपास, केसर, चामल, गहुँ र अन्य खेती गर्न लागेका छन् ।अफगानिस्तानको कार्यवाहक सरकारले युद्धग्रस्त देशमा बहुमूल्य नगदे बाली र मूल्यवान् उब्जाउन किसानहरूलाई प्रोत्साहित गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.