add

बन्दीपुर होटलमा १ रुपैयाँमा कोठा पाइने






ActPro Nepal

|

२३ चैत, २०७९

|
313

काठमाडौं । नयाँ वर्षका अवसरमा तनहुँको बन्दीपुरका होटलमा पहिलो पाहुनाले १ रुपैयाँमै बस्न पाउने भएका छन् ।

नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो । यो अफरका लागि बन्दीपुरको होटलमै पुगेर बुकिङ गर्नु पर्नेछ।

बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ।

साना–ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्। पाहुनाहरुलाई आकर्षित गर्न होटलहरुले आआफ्नो तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरिरहेका छन् ।

विशेष भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गमाई मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकका आकर्षण हुन्।

त्यस्तै, यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमशृंखला अवलोकन गर्न सकिन्छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.