काठमाडौँ । विभिन्न मितिमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार एक कार्यक्रम गरी १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
यस आर्थिक वर्षको सुरुवातदेखी हालसम्म सवारी साधन हराएको भनी १ हजार २ सय ८९ वटा निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएको जनाइएको छ ।
३८७ वटा सवारीसाधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये आजको २२ वटासहित ३६० वटा दुईपाङ्ग्रे सवारी साधन, ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।