add

सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ: प्रधानमन्त्री






ActPro Nepal

|

१७ चैत, २०७९

|
396

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलभुत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् । 

शुक्रवार रिपोर्टस क्लव नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गरे । 

प्रधानमन्त्री प्रचण्डले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए । उनले  अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए । 

तीन महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको उनले दाबी गरे । 

प्रधानमन्त्री प्रचण्डले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए । उनले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.