काठमाडौं । नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । दुई साताअघि डीआईजीबाट एआईजीमा बढुवा भएका एआईजीहरूको पदस्थापन भएको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड श्यामलाल ज्ञवाली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको कमाण्डको जिम्मेवारी किरण बज्राचार्यलाई दिइएको छ । यसैगरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन गरिएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको पदस्थापन गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।