add

नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने






ActPro Nepal

|

१४ चैत, २०७९

|
582

काठमाडौं । नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले 'शिव दाई' नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । 

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन ।

उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन् भने विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्नेछन् । 

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो ।

फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म लाइनका ४१ बर्षको अनुभव सेयर गर्नेछन । उनले प्रोमोमा भनेका भावुक हुदै भनेका छन्, ‘आज मैले रोकेर आफुलाई रोक्न सकिन । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झीन सकु ।’


उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.