add

सानिमा रिलायन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त






ActPro Nepal

|

१३ चैत, २०७९

|
337

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन्।

साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको नयाँ सञ्चालक समितिले पाण्डेलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

सीईओमा नियुक्त भएका पाण्डले आज (सोमबार)देखि नै कार्यभार सम्हालेका छन् । उनी यस अघि पनि बीमा कम्पनीके सीईओ भइसकेका व्यक्ति हुन् । उनले केही महिना अघि मात्रै कार्यकाल बाँकी छँदै सूर्या लाइफको सीईओबाट राजीनामा दिएर बाहिरिएका थिए।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० वर्षको अनुभव छ । उनी ३० वर्षे सेवा अवधिका कारण नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनी सूर्या लाइफको सीईओ बनेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.