add

२०४० सम्म भारतको अर्थतन्त्रमा ५ जीको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने






ActPro Nepal

|

७ चैत, २०७९

|
555

काठमाडौं । ५ जी प्रविधिले सन् २०४० सम्म भारतको अर्थतन्त्रमा ४ खर्ब ५० अर्ब डलर बराबरको योगदान दिने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

भारतको डेलोइट टेक्नालोजी, मिडिया तथा टेलिकम्युनिकेसनले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०४० सम्म भारतको कूल ग्राहस्थ उत्पादनमा ५ जी प्रविधिको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने प्रक्षेपण गरेको हो ।

उक्त प्रतिवेदनमा ५ जी प्रविधिले भारतीय अर्थतन्त्रको बहुक्षेत्रीय योगदान दिने र यसबाट औद्योगिक क्षेत्रको उत्पादकत्व र कार्यक्षमता विस्तार गर्ने उल्लेख छ । उक्त प्रतिवेदनमा आगामी ३–४ वर्षसम्म यस प्रविधिको विस्तार गर्न भारतले १० अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनमा भारतका २० भन्दा धेरै निजी कम्पनीले ५ जी प्रविधिको विस्तारमा रुची देखाएको बताइएको छ । सन् २०२४ देखि सन् २०२७ सम्म भारतमा निजी कम्पनीले वृहद स्तरमा यस प्रविधिलाई विस्तार गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.