add

बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने






ActPro Nepal

|

३ चैत, २०७९

|
468

काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायर पुर्‍याउने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

मन्त्री थपलियाले प्रदेश सरकारको निर्णयले नेपाली क्रिकेट टोलीलाई थप हौसला मिल्ने र विश्वकपमा क्वालिफायर हुने विश्वास व्यक्त गरे ।

आइसिसी विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार युएईलाई नाै रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफाएयरमा पुगेको छ । नेपालले अब आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा सहभागिता जनाउनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.