add

उपराष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन सत्ता गठबन्धन दल बैठक बस्ने






ActPro Nepal

|

२ चैत, २०७९

|
348

काठमाडौं । उपराष्ट्रपतिको साझा उम्मेदवार टुंगो लगाउन १० दलीय सत्ता गठबन्धनको बैठक बिहीबार पनि बस्दैछ।  बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो। 

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए। उनका अनुसार १० दलका बीचमा सकारात्मक रूपमा छलफल भएको छ। अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको उनले बताए। 

‘उपराष्ट्रपति निर्वाचनका लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको छ। छलफल सकारात्मक भएको छ’, उनले भने, ‘भोलि (बिहीबार) बसेर यो विषयमा एउटा निर्णय हुनेछ।’ नेता बस्नेतले बुधबारको बैठकमा सरकार विस्तारको विषयमा समेत छलफल भएको जानकारी दिए। 

उपराष्ट्रपतिका लागि १० दलभित्रबाट तीन उम्मेदवार छन्। जनता समाजवादी पार्टी जसपा नेपाललाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले ममता झाको मनोनयन दर्ता गराएको छ।

जसपाले रामसहायप्रसाद यादव र प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ।

नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.