add

१० दलीय गठबन्धनको बालुवाटार बैठक निष्कर्षविहीन






ActPro Nepal

|

१ चैत, २०७९

|
360

काठमाडौं । १० दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको १० दलीय गठबन्धनको बैठकले कुनै निर्णय नगरी निष्कर्षविहीन टुंगिएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए। उनले १० दलबीच छलफल भएको‚ सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्नेबारे छलफल भएको थियो। छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ। आवश्यकताअनुसार बैठक बस्नेछ। बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ।’

नेता बस्नेतले सरकार विस्तारलगायत विषयमा पनि बैठकमा छलफल शुरु भएको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.