add

झिनो अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब १३ करोडमा सीमित






ActPro Nepal

|

३० फागुन, २०७९

|
377

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । यससाता सुरुका दुई दिनमै ५१ अंकले घटेको नेप्से आज झिनो अंकले बढेको हो ।

सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोडले घटेर १ अर्ब १३ करोडमा सीमित भएको छ ।

मंगलबार नेप्से १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा पुगेको छ । यसदिन २५५ कम्पनीको १ अर्ब १३ करोड रुपैयाँ बढीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे ३ करोड र शिवम् सिमेन्ट ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सुपर मादी हाइड्रोपावर ९.३२, बिन्ध्याबासिनी हाइड्रोपावर ७.२९, खप्तड लघुवित्त ५.२७, ग्रीन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, लिबर्टी इनर्जी र बाराही हाइड्रोपावरको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.