add

सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजक






ActPro Nepal

|

२७ फागुन, २०७९

|
354

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ ।

सो कार्यक्रम चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडि क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ ।

यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.