यूएईमाथि नेपालको रोमाञ्चक जित, विश्वकप सम्भावना जीवितै

यूएईमाथि नेपालको रोमाञ्चक जित, विश्वकप सम्भावना जीवितै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ ।

सोमबार सम्पन्न त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईलाई ४२ रनले पराजित गर्दै नेपाल पाँचौं स्थानमा उक्लिएको हो।

लिग- २ मा ३६ खेलमध्ये ३२ खेल खेलिसकेको नेपालले बिहीबारदेखि घरेलु मैदानमा लिगको अन्तिम तथा निर्णायक श्रृंखला खेल्नेछ ।

घरेलु मैदानमा आयोजना हुने श्रृंखलामा नेपालले क्लिनस्विप गर्नसके ३६ खेलबाट ४० अंक बनाउनेछ । नेपालले चार खेल खेल्न बाँकी छ।

बाँकी सबै खेल जिते नेपालको ४० अंक हुनेछ र नेपाल उत्कृष्ट तीनभित्र रही विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ। बाँकी चारमध्ये दुई खेल जितेको अवस्थामा नेपाल चौथो स्थानमा उक्लिनेछ र एकदिवसीय मान्यता कायम राख्न सफल हुनेछ।

Recent Comments

No comments to show.