add

इङवा हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ?






ActPro Nepal

|

२१ फागुन, २०७९

|
496

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहका नेपालीका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा न २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २० लाख रुपैयाँ कराबरको १ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर विक्री नभएमा स्थानीले मात्र चैत २० गतेसम्म आवेदन दिन पाउने छन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआइ बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।a


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.