add

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नजिता






ActPro Nepal

|

१९ फागुन, २०७९

|
520

काठमाडौं । मोलुङ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म मोलुङ खोलाको आइपीओमा करिब १४ लाख २४ हजार ३५१ आवेदकबाट कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि खरिद आवेदन दिएका छन्।

जसमा १४ लाख १७ हजार ३४६ आवेदकबाट माग भएको १ करोड ५४ लाख ७८ हजार ८५० कित्ता सदर भएको छ भने ७ हजार ५ आवेदकबाट माग भएको १ लाख ९५० कित्ता बदर भएको छ।

मागभन्दा ६.८८ गुणा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्राथबाट बाँडफाँड गरिएको छ। क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छ भने १३ लाख बढीको हात रित्तो भएको छ ।

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा विक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मोलुङ हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.