add

ऋण तिर्दिनँ भन्नु अराजकता, राज्यको ध्यान जाओस् : बैंकर्स संघ






ActPro Nepal

|

१९ फागुन, २०७९

|
463

काठमाडौं । पछिल्लो समय केही व्यक्ति तथा समूहले बैंक तथा लघुवित्त संस्थाहरूविरुद्ध गरेका गतिविधि र धम्कीपूर्ण अभिव्यक्तिलाई लिएर बैंक तथा वित्तीय संस्थाहरुले भत्सर्ना गरेका छन् ।

वाणिज्य, विकास बैंक, फाइनान्स र लघुवित्तका संघहरुले संयूक्त रुपमा विज्ञप्ति जारी गर्दै ऋण नतिर्ने मनसायले आन्दोलनको घोषणा गर्ने, बैंकका कर्मचारीलाई हतोत्साही हुनेगरी धम्कीपूर्ण अभिव्यक्ति दिनुले अराजक व्यवहार प्रष्ट भएको उल्लेख गरेका छन् ।

‘विरोधको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई हुने अराजक घटनालाई समयमै नियन्त्रण गर्ने तर्फ राज्यको ध्यान गएको छ भन्नेमा हामी विश्वस्त छौं,’नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले जारी गरेको संयूक्त विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि बैंक, वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिइसकेपछि नियमित रुपमा कर्जाको साँवारकिस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुने बैंक तथा वित्तीय संस्थाहरुले जनाएका छन् । बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको ग्राहकसँग रहँदै आएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक व्यक्तिले बिथोल्न खोजेको विज्ञप्तिमा उल्लेख छ ।

कानुन विपरित कुनै पनि गतिविधि नगर्न र केही समस्या भएको खण्डमा सम्बन्धित संस्थासँग सिधै छलफल गर्न ऋणीलाई बैंक तथा वित्तीय संस्थाहरूले आग्रह गरेका छन् । ‘विभिन्न शर्तको अधीनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलाप कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने हुनाले यसप्रति सजग रहन सबैमा आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

आफूहरूले नियामक निकायद्वारा जारी गरिएको नीति, निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही बैंकिङ सेवा प्रदान गर्दै आइरहेको, ग्राहकको हक–हित तर्फ सदैव सचेत रहेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष राज्यलाई ३४ अर्ब भन्दा धेरै कर तिरेको र कोभिड संक्रमणमा ब्याजदर छुट मार्फत ऋणीहरुलाई प्रत्यक्ष रुपमा १० अर्ब भन्दा धेरै ब्याज छुट दिएको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ४ करोड ८३ लाख भन्दा धेरै निक्षेप खाताबाट ५४ खर्ब निक्षेप संकलन गरी १८ लाख ऋणीलाई ४८ खर्ब कर्जा परिचालन गर्दै आएको जनाएका छन् । संघहरूका अनुसार यस क्षेत्रमा ५३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.