add

आइसीसी यू–१९ः नेपाल र युएई भिडदै






ActPro Nepal

|

१८ फागुन, २०७९

|
310

काठमाडौं । नेपालले आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत बिहिबार युएईसँग खेल्दैछ।

इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान  पौने ११ बजे सुरु हुनेछ । यस खेलमा विजयी भएमा नेपाल २०२४  मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छन् । युएई नेट रन रेटको आधारमा शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाली यू–१९ टोली

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.