add

बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

१८ फागुन, २०७९

|
427

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा फागुन २३ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बीबी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता जोखिमपूर्ण रहेको संकेत गर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.