सीवाइसी लघुवित्त र सानिमा बैंककाे बोनस सेयर सूचीकृत

सीवाइसी लघुवित्त र सानिमा बैंककाे बोनस सेयर सूचीकृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार सानिमा बैंक र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

सानिमाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस बापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।

त्यसैगरी, सीवाइसी लघुवित्तको ३० प्रतिशत अर्थात् ३ लाख ६४ हजार ९२५.५१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन्।

Recent Comments

No comments to show.