add

१७ लाख डिम्याट खातामा शून्य ब्यालेन्स






ActPro Nepal

|

१५ फागुन, २०७९

|
298

 काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष डिम्याट खाता खोल्नेको संख्यामा कमी आएको छ ।

गत वर्ष दैनिक ५६ सय जनाका दरले डिम्याट खाता खोल्ने गरेकोमा यस वर्ष सो संख्या १२ सयमा सीमित भएको छ । अर्थात यस वर्ष सरदरमा जम्मा १२ सय जनाले नयाँ डिम्याट खाता खोलेको पाइएको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार हालसम्म ५५ लाख ६९ हजार २४२ जनाले डिम्याट खाता खोलेका छन् ।

तर ती मध्ये १७ लाखमा सेयर ब्यालेन्स शुन्य भएको सीडीएससीका प्रमख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् । उनका अनुसार ती मध्ये केही खोलेर छोडेको तथ केहीमा आइपीओ भरेर पनि नपरेका खाता हुन् ।

यस्ता खाताबाट प्रयोगमा नआएका निस्किृय खाता पत्ता लागइ क्लोजिङको प्रक्रिया अघि बढाउन सल्लाह भएको उनले जानकारी दिए । विशेषगरी दोश्रो बजारमा कारोबार नगर्ने तथा आइपीओ भरेर नपरेका खाताहरु पनि १७ लाख भित्र परेका हुन् । यी मध्य धेरै खाता कोभिडको समयमा खोलिएको पाइएको छ ।

१७ लाख बाहेकका ३८ लाख डिम्याट खाता मध्यमा करिव २६ लाखले आईपीओ भर्ने गरेका छन् । त्यसरी नै ५ लाख खाता नवीकरण हुन बाँकी रहेको पनि सीडीएससीका सहायक प्रबन्धक योगराज जोशीले जानकारी दिए । ‘३ लाख ग्राहकको खाता भने दोहोरिएको देखिएको छ ।’

कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन् । डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन् । साथै दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् ।

तर पछिल्लो समय सेयर बजार लगातार ओरालो लागेका कारण खाता खोल्नेको संख्या घटेको उनले जानकारी दिए । डिम्याट खाता खोल्ने ग्राहक बढी भएका प्रदेशमा बागमती सबैभन्दा अगाडी छ ।

बागमतीमा डिम्याट खाता खोल्नेको संख्या २१ लाख छ । त्यसमा पनि काठमाडौंमा सबैभन्दा बढी ६ लाख ८५ हजार ३७० जनाले डिम्याट खाता खोलेका छन् । रुकुम सबैभन्दा कम डिम्याट खाता खोलिएको जिल्ला हो । रुकुममा १४९ ले मात्रै डिम्याट खाता खोलेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.