add

७ महिनामा १५३ उद्योग दर्ता, १ खर्ब ८५ अर्बको लगानी प्रतिवद्धता






ActPro Nepal

|

१५ फागुन, २०७९

|
383

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १५३ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि माघ मसान्तसम्ममा दर्ता भएका उद्योगमा १ खर्ब ८५ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता पनि गरेका छन् ।

विभागमा दर्ता भएका १५३ उद्योगमध्ये ४१ वटा ठूला, ६९ वटा मझौला र ४३ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ९ हजार ९ सय १३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

प्रत्यक्ष वैदेशिक लगानी गर्न इच्छुक कुल १४४ उद्योग दर्ता भएका हुन् भने बाँकी स्वदेशी लगानीका छन् ।

विदेशी लगानी ल्याउने गरी दर्ता भएका कम्पनीले १८ अर्ब ६३ करोड रुपियाँ लगानी स्वीकृत गराएका छन् । विदेशी लगानीहरुबाट मात्रै आठ हजार ६०५ जनालाई रोजगारी दिने लक्ष्य लिइएको छ ।

विभागले यो अवधिमा एउटा प्याटेन्ट दर्ता गरेको छ । यस्तै आठ वटा डिजाइन दर्ता गर्दा एक हजार ७८५ वटा ट्रेडमार्क दर्ता गरेका छन् । यस्तै प्रारम्भिक वातावरणीय परीक्षण ३७ वटा सक्किएको छ । ट्रेडमार्कसम्बन्धी मुद्दा कारबाही ६२ वटा भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.