add

चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व






ActPro Nepal

|

१४ फागुन, २०७९

|
337

गुल्मी । चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व चयन भएको छ । आज जिल्लाको सदरमुकाम तम्घासमा चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा गरिएको थियो ।

चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे, सीता विश्वकर्मा चयन भएका छन् । महासचिवमा यज्ञप्रसाद पन्थी, सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे र हरिकिरण ठकुरी निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा युवराज पाण्डे र सहकोषाध्यक्षमा कमल अर्याल चयन भएको निवर्तमान महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिए । चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा निर्वाचित पाण्डे यसअघि उद्योग वाणिज्य सङ्घ गुल्मीको अध्यक्ष पदमा रहेर काम गरे ।

अधिवेशनको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले व्यवसायी सङ्कटमा परेकाले आफूहरूले त्यसमा ध्यान दिने बताए । “तपाईं (व्यवसायी) सङ्कटमा हुनुहुन्छ, हामीलाई थाहा छ”, उनले भने “प्रदेशमा कुरा उठाउँछु अनि सङ्घमा पहल गर्छु ।” भुसालले व्यवसायीहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

चेम्बर अफ कमर्स गुल्मीमा दुई सय ५१ व्यवसायी आबद्ध छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.