चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त नौ वर्षपछि पक्राउ

चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त नौ वर्षपछि पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ  ।  खोटाङमा चोरी मुद्दामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ परेका छन् ।

जबरजस्ती चोरी मुद्दामा जिल्ला अदालत खोटाङबाट नौ वर्षअघि कैद सजाय तोकिएका केपिलासगढी गाउँपालिका–७ सुंदेल घर भई धरान मंगलबारे बस्ने ३२ वर्षीय धानिराम भन्ने धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

चोरी मुद्दामा राईलाई जिल्ला अदालतले २०७२ असोज २४ गते चार वर्ष एक ना १५ दिन कैद सजाय तोकेको थियो । राईमाथि ओखलढुंगामा चोरी गरेको मुद्दा परेको थियो । अभियुक्तको ठेगाना खोटाङ भएकाले कारबाहीका लागि ओखलढुंगा प्रहरीले २०७२ सालमा खोटाङमा रेकर्ड पठाएको थियो ।

यस्तै, हलेसी मन्दिरको दान पेटिकाबाट नगद चोरी गरेको अभियोगमा इलाम साक्फारा नगरपालिका–७ कालापानीका २५ वर्षीय रुपेश राई पक्राउ परेका छन् । पक्राउ गरेर चेकजाँच गर्दा राईको साथबाट चार हजार ६९० रुपैयाँ र भारु एक हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

माघ १५ गते राती चोरीको अभियोग लागेका राई विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.