add

जगदम्बा स्टील्सको सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्यो






ActPro Nepal

|

१७ माघ, २०७९

|
244

काठमाडौं । नेपालको पहिलो स्वचालित स्टील उत्पादक कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपरशाइन र जगदम्बा गयाल्भा प्लसका जस्तापताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ।

कम्पनीका अनुसार रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटली र म्यानमारमा जगदम्बा सुपरशाइन र ग्याल्भा प्लसका जस्तापाता उच्च मागसहित निर्यात भइरहेको हो।

यसका अतिरिक्त जगदम्बा स्टील्सले दक्षिणपूर्वी एशिया, मध्यपूर्वी एशिया र दक्षिण अफ्रिकाका विभिन्न देशमा आफ्नो उत्पादन निर्यात गरिरहेको छ।

जगदम्बा स्टील्सको जगदम्बा सुपरशाइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम आल्मुनियम-जिंक रंगीन र सादा पाता तथा कोइल्स)को निरन्तर अन्तर्राष्ट्रिय निर्यात घोषणा गर्न पाउँदा ग्राहकको ठूलो भूमिका रहेको भन्दै कम्पनीले खुशी व्यक्त गरेको छ।

गुणस्तरीय उत्पादन र ग्राहकको सन्तुष्टि नै आफ्नो पहिलो प्राथमिकता रहेको कम्पनीले जनाएकाे छ।

जगदम्बा सुपरशाइन र जगदम्बा ग्याल्भा प्लस प्रिमियम आल्मुनियम-जिंक रंगीन र सादा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ, यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकनमिश्रित कोटिंग समावेश भएको जस्तापाता हो। यी तत्त्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको जीवन अवधि र स्थायित्व बढाउँछ।

रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टिल उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस : १९१ ले उत्पादन आईएसओ ९००१:२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१:२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्छ। जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दिगो उत्पादनलाई ध्यानमा राख्दै सधैं गणस्तरीय स्टील उत्पादनमा ध्यान दिने जनाएकाे छ।

आफ्ना उत्पादनहरूमा उत्कृष्ट गुणस्तरको माध्यमबाट उपभोक्ता सन्तुष्टि प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ।

‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्। यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गगले दिएको अटुट माया र समर्थनकाा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ गाहकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले भनेको छ।

‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा स्टील्सका प्रवक्ताले भने, ‘हाम्रो कम्पनी उत्पादनको गुणस्तरमा उत्कृष्टताका लागि प्रतिबद्ध छौं र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध छौं।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.