विवादित टी-२० लिगको व्यावसायिक साझेदारबाट बहिरियो सेभेन थ्री स्पोर्ट्स

विवादित टी-२० लिगको व्यावसायिक साझेदारबाट बहिरियो सेभेन थ्री स्पोर्ट्स

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिगको सम्झौता रद्द गरेको छ ।

रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै क्यानसँगको सम्झौता एकतर्फीरुपमा भंग गरेको हो ।

प्रतियोगिता अगाडिदेखि नै क्यान र सेभन थ्री स्पोर्टसबीच सम्झौतालाई लिएर प्रश्नहरू उठेका थिए ।

९–२७ पुसमा आयोजना भएको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ ।

Recent Comments

No comments to show.