add

थुनुवा फरार प्रकरण: हिरासत कक्ष अधिकृतसहित तीन प्रहरी निलम्बन






ActPro Nepal

|

१७ माघ, २०७९

|
334

काठमाडौं । मधेस प्रदेश प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्ष अधिकृतसहित तीन जना प्रहरीलाई निलम्बन गरेको छ ।

निलम्बित हुनेहरूमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका छन् । आइतबार राति ६ जना थुनुवा फरार भएको घटनापछि उनिहरुलाई कारवाही गरिएको हो ।

घटनाको छानबिन गर्नका लागि प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी ५ जना भने अझै भेटिएका छैनन्। फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न प्रहरी सफल भएको हो


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.