add

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट






ActPro Nepal

|

१६ माघ, २०७९

|
397

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

उक्त सेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम चुक्ता पुँजी हो ।

उक्त बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.