add

सिटिजन लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने






ActPro Nepal

|

१६ माघ, २०७९

|
369

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ ।

कम्पनीको आइतबार सम्पन्न ५औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । कम्पनीले प्रिमियम मुल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्नेछ । सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ । सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव जव राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले आगामी चैत मसान्तभित्र न्युनतम चुक्तापुँजी पुर्याउनका लागि भने संस्थापन सेयरधनीहरुबाट थप गर्ने भएको छ । प्राधिकरणले चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको हो । सोही अनुसार नै सिटिजन लाइफले विद्यमान संस्थापन सेयरधनीहरुसँग ५० प्रतिशत थप पूँजी आह्वान गरेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.