add

दोहोरो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

१५ माघ, २०७९

|
359

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६७ कम्पनीको ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँ बराबरको ८२ लाख ७६ हजार ७५१कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । विहीवार २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको घटेको छ ।

घट्दो बजारमा ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बाराही हाइडोपावरका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज कारोबारको आधारमा सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । यसको आज ९ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ । हिमालय उर्जाको ९ करोड २१ लाख र एनआइसी एशिया बैंकको ७ करोड १३ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.