अपहरणमा परेका जनकपुरधामका २ युवाको शव भारतमा भेटियो

अपहरणमा परेका जनकपुरधामका २ युवाको शव भारतमा भेटियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । दुई साता अगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव फेला परेको छ।

१३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका-८का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भारतमा भेटिएको हो।

करिब दुई साता अगाडिदेखि सम्पर्कविहीन भएका उनीहरू दुवैजनाको शव आइतबार बिहान भारत बिहारको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा फेला परेको हो ।दुईसाता अगाडि दुवैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए । गत सोमबारसम्म विष्णुको घरपरिवारका व्यक्तिलाई भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।

अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेका थिए अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएका थिए ।

सो कुरा विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएका थिए । तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला पारेपछि आइतबार बिहान मृतक युवकको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो ।

मृतक दुवैजनाको शव अहिले भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको र शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

Recent Comments

No comments to show.