add

सन्दीप लामिछानेमाथि शर्तैशर्त:२० लाख धरौटीमा आजै छुट्ने, विदेश जान राेक






ActPro Nepal

|

२९ पुष, २०७९

|
380

काठमाडौं । उच्च अदालत पाटनबाट रिहाको आदेश भएका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज छुट्ने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनका ध्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको भए पनि उनी आज मात्र छुट्न लागेका हुन् । 

अदालतले उनलाई सर्तहरुसहित छोड्न आदेश दिएको छ । धरौटीमा रिहा भएपनि लामिछानेले अनुमतिबिना विदेश जान नपाउने भएका छन् ।

एक किशोरीले लामिछानेबाट भदौ ५ गते राति आफू दुई पटक बलात्कृत भएको भन्दै २१ गते महानगरीय प्रहरी बृत्त र्गाशालामा जाहेरी दिएपछि उनी फरार भएका थिए । जाहेरी परेका बेला विदेशमा रहेका लामिछाने सबैसँग सम्पर्क विहीन भएपछि असोज १० गते प्रहरीले उनी विरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि भने उनी नेपाल फर्किदै गर्दा असोज २० गते प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर मुद्धा चलाएको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए ।

सन्दीपको तर्फबाट पुनरावेदनको रिट परेपछि उनकै कानुन व्यवसायीले तीन पटकसम्म पेशी सारेका थिए । सन्दीपको कानुन व्यवसायीहरुले अरोप लगाउने किशोरी बालिग भएको दाबीसहित बहस गरेका थिए ।

सन्दीपको तर्फबाट  वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले बहस गरेका थिए भने जाहेरवालीको तर्फबाट र सरकारको तर्फबाट पनि बहस भएको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.