add

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकिकृत कारोबार आजदेखि,बैंकको कुल पुँजी ५८ अर्ब






ActPro Nepal

|

२७ पुष, २०७९

|
414

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । दुवै बैंक मर्ज भएपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबार सुरु भएको छ ।

मर्जर पश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ ।

एकीकृत कारोबारसँगै २९६ वटा शाखा रहने बैंकको एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । २७९ वटा एटीएम रहेको बैंकले ३० लाख ग्राहकलाई सेवा दिने जनाएको छ ।

दुबै बैंक एक आपसमा मर्जर भएर आजदेखि एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो ।

इन्भेष्टमेन्ट र मेगा बैंकले मंसिर १३ गते एक आपसमा गाभ्न गाभिनका लागि अन्तिम सम्झौता भएको थियो । दुवै बैंक १००ः९० अनुपातमा मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.