add

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट फेन्चु लामा सम्मानित






ActPro Nepal

|

२६ पुष, २०७९

|
901

हेटौंडा  ।  मकवानपुर  जिल्लाको  हेटौंडा उप - महानगरपालिका वडा  नम्बर - १३ का फेन्चु लामा जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका छन ।

लामो समयदेखि कृषि कर्ममा लागेका लामा एक सफल कृषि  उद्यमी पनि हुन् । हेटौंडा  उम - महानगरपालिका - १३ मा ड्रागन फ्रुट  खेती गर्दै आएका लामाले एम.एन.एस. एग्रो प्रा.लि. मार्फत कृषि कर्म गरिरहेका छन ।

लामा सहित कृषि क्षेत्रमा उत्कृष्ट काम गरे बापत मकवानपुरका अन्य २  जना किसानहरूलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको थियो । मकवानपुरगढी  गाउँपालिका र थाहा नगरपालिकाका किसानहरूलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले सम्मान गरेको हो ।


मकवानपुरगढीका बाख्रा पालक किसान पी एस पी एग्रो प्रा.लि. का सन्जय नेपाल र थाहा नगरपालिकाका रेन्बो ट्राउट माछा पालक किसान युनिक कृषि फर्मका कृष्णबहादुर मोक्तानलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई जनही  नगद २४ हजार सहित कदर - पत्र प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान , भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा मकवानपुरका निमित्त कार्यालय प्रमुख ब्रज किशोर ठाकुर , पशु विकास अधिकृत डाक्टर आभास कोइरालाले उत्कृष्ट कृषकलाई पुरस्कार तथा कदर - पत्र हस्तान्तरण गरेका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.